इन्जिनियर अरविन्द साह

महागढीमाई – ०७, तेलकुवा – [ arvind.com.np ]

शैक्षिक यात्रा

अरविन्द साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सन् २००८ मा कम्प्युटर इन्जिनियरिङ पढाई सके पश्चात स्नातकोत्तर (मास्टर डिग्री) हासिल गर्नुभयो। हाल उहाँ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट ‘ग्रामीण विकास’ विषयमा MPhil / PhD शोधकार्य गर्दै हुनुहुन्छ। Digital Technologies, Artificial Intelligence र अन्य प्रविधि मार्फत समाज विकासलाई गतिशील बनाउन उहाँले AI मार्फत देश व्यापी लाखौ रोजगारी सृजना गर्ने गरी आफ्नो रिसर्चका काम गर्दै हुनुहुन्छ । यस शैक्षिक यात्राले उहाँको प्राविधिक दक्षता र समाजको आधारभूत विकासप्रतिको गहिरो प्रतिबद्धतालाई स्पष्ट पार्दछ।

प्रविधि र उद्यमशीलता तर्फको यात्रा

अरविन्द साह एक सफल उद्यमीका रूपमा स्थापित हुनुहुन्छ, जसले प्रविधिको माध्यमबाट राष्ट्रिय समस्याहरूको समाधान गर्नुभएको छ। सन् २००७ मा कलेज अध्ययनकै क्रममा उहाँले स्थापना गर्नुभएको जानकी टेक्नोलोजी प्रा. लि. अन्तर्गतको ‘Sparrow SMS‘ ले विगत १७ वर्षदेखि करोडौं नेपालीलाई सूचनाको पहुँच (Access to Information) प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। त्यस्तै, सन् २०१७ मा उहाँद्वारा सुरु गरिएको ‘Khalti App‘ ले एक करोड सत्ताईस लाखभन्दा बढी (१,२७,००,०००+) नेपालीलाई वित्तीय पहुँच (Access to Finance) को सेवा उपलब्ध गराउन सफल भएको छ।

यी उद्यमहरूले देशमा हजारौंको लागि रोजगारी सिर्जना गर्नुका साथै डिजिटल प्रविधिको विकासमा नेतृत्वदायी भूमिका खेलेका छन्। उहाँले युवाहरूमाझ ‘देशमै बसेर पनि ठूला र सार्थक काम गर्न सकिन्छ’ भन्ने सोचको विकास गर्न सफल हुनुभएको छ।

साधारण पृष्ठभूमि, असाधारण उपलब्धि

साधारण परिवारमा जन्मी ग्रामीण परिवेशमा बाल्यकाल बिताउनुभएका अरविन्द साहले आफ्नो लगनशीलता, दूरदृष्टि र अथक मेहनतका बलमा युवा अवस्थामै असाधारण सफलता हासिल गर्नुभएको छ। 

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा Youth Professional Award (Nepal Engineers Association), सुप्रविध नवीकरणीय ऊर्जा पुरस्कार, Climate Launchpad Program, Digital Champion of Madhesh, Award of Excellence for Innovation जस्ता दर्जनौं प्रतिष्ठित सम्मान प्राप्त गरिसक्नुभएको छ।

यी सम्मान तथा पुरस्कारहरूले उहाँलाई एक सक्षम व्यक्तिका रूपमा उभ्याउँछ।

समाजको दिगो रूपान्तरणका लागि अब राजनीति तर्फको यात्रा

व्यवसाय, समाजसेवा, र ग्रामीण विकासमा गहिरो लगाव हुँदाहुँदै पनि, स्थानीय स्तरमा गरिएका विकास निर्माणका काम र व्यावसायिक कृषिमा गरिएका प्रयासहरूले दिगो र व्यापक प्रभाव पार्न नसकेको यथार्थ उहाँले महसुस गर्नुभयो। स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी ठूलो स्तरमा दिगो लक्ष्य हासिल गर्ने प्रयासमा सहयोगको अभाव देखेपछि, उहाँले सन् २०२२ देखि आफ्ना सफल व्यवसायहरूबाट सक्रिय भूमिका त्यागी पूर्ण रूपमा समाजसेवामा समर्पित हुने निर्णय गर्नुभयो।

यस क्रममा उहाँले केही कम्पनीहरूको निर्देशक पदबाट राजीनामा दिनुभयो र बाँकीबाट पनि अलग हुने तयारीमा हुनुहुन्छ। उहाँको निष्कर्ष छ कि समाजको विकास भौतिक पूर्वाधारले मात्र सम्भव छैन; यसका लागि सामाजिक एकता, विधिको शासन र हरेक नागरिकको आत्मसम्मान सुनिश्चित हुनु अपरिहार्य छ।

यिनै बृहत् लक्ष्यहरूलाई राजनीतिको माध्यमबाट मात्रै पूर्ण रूपमा हासिल गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ उहाँ अब राष्ट्रसेवाको मैदानमा होमिनुभएको छ।

आफ्नो उच्च शिक्षा, अथक मेहनत, र इमानदारिताको बलमा व्यावसायिक सफलता प्राप्त गर्न सफल अरविन्द साह अबको यात्रामा थप समर्पणका साथ अघि बढ्ने अठोट लिनुभएको छ । उहाँलाई विश्वास छ, जनतासँगको सहकार्य र मतदाताको आशिर्वादले उहाँले जनस्तरमा सही, पारदर्शी, र दिगो विकास सुनिश्चित गर्न सफल हुनुहुनेछ।